आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

अन्तराष्ट्रिय

काठमाडौँ, ७ वैशाख । अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

इजरायलले इरानमाथि जवाफी आक्रमण गरेको खबर आइरहेका बेला अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको हो । इरानले भने हवाई आक्रमण नभएर इजरायलले आफ्नो भूमिमा ड्रोन मात्र उडाएको बताएको छ ।

यो दाबीपछि अष्ट्रेलियाले इजरायलमा रहेका आफ्ना नागरिकलाई इजरायलविरुद्ध सैन्य र आतंकवादी हमलाको खतरा रहेको बताउदै छोड्न निर्देशन दिएको हो । अस्ट्रेलियाको विदेश मन्त्रालयले भनेको छ( ुहामी इजरायल र इजरायल नियन्त्रित प्यालेस्टाइनमा रहेका अष्ट्रेलियाली नागरिकहरूलाई देश छोड्न अपील गर्दछौं ।ु

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार