भीम रावललाई राष्ट्रिय प्रतिनिधि परिषदको हल प्रवेश नै वञ्चित

banner

काठमाडौं, ९ वैशाख । नेकपा (एमाले)का नेता भीम रावललाई राष्ट्रिय प्रतिनिधि परिषदको बैठक प्रवेशमै रोक लगाइएको छ । बैठक हलमा प्रवेश गर्न प्रतिनिधि कार्ड अनिवार्य गरिएकोमा उनलाई कार्डनै नदिएर प्रवेश बञ्चित गरिएको हो ।

यो बैठक राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको हो । भीम रावल पनि यसका प्रतिनिधि हुन् । तर, उनलाई षडयन्त्रपूर्वक बैठक प्रवेशमै रोक लगाएर अपमान गरिएको छ । दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरी पराजीत नेता रावल केन्द्रीय सदस्यमा निर्वाचित भएपनि अस्वीकार गरेपछि बिधानअनुसार स्वतः सल्लाहकार परिषद सदस्यमा परिणत भएका थिए ।

सो पद पनि अस्वीकार गर्दै आएका रावल परिषदको बैठकमा भने सहभागी हुने भन्दै एकिन्द्र कुँवरलाई कार्ड लिन पठाएका थिए । ‘ बैठकमा प्रवेशका लागि कार्ड अनिवार्य गरिएको थियो, उहाँको कार्ड नै नदिएपछि हामीले जानकारी गरायौं, गोदावरी आउने क्रममा रहेको भएपनि उहाँ बाटोबाटै फर्कनु भयो,ु कुँवरले भने । उनले आफूहरुले एक घण्टासम्म कार्ड मागेको र खोजेको भएपनि नपाएको बताए । एमालेको कार्ड ब्यवस्थापनको जिम्मेवारी सम्पर्क समन्वय कमिटीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार