आज १८औँ लोकतन्त्र दिवस

banner

काठमाडौं, ११ वैशाख । आज लोकतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै छ । २०६२र६३ को जनआन्दोलनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनर्स्थापना गरेका थिए । सोही दिनको सम्झनामा लोकतन्त्र दिवस मनाइँदै आएको छ ।

आज लोकतन्त्र आएको १८ वर्ष पूरा भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले पटक(पटक शासनसत्ता हातमा लिएपछि तत्कालीन सात दल र माओवादीले १२ बुँदे सम्झौता गरेसँगै आन्दोलन चर्किएको थियो । त्यसैको बलमा तत्कालीन राजा संसद पुनर्स्थापनाका लागि बाध्य भएका थिए ।

सोही आन्दोलनको जगमा संविधानसभाको चुनाव हुँदै मुलुकमा गणतन्त्र स्थापना भएको छ । त्यस्तै संविधानसभाले संविधान निर्माण गरिसकेको छ । त्यस्तै शासकीय संरचनामा फेरबदल आइ मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।

यद्यपि, लोकतन्त्र स्थापनापछि राजनीतिक दल तथा तीनका नेताहरूको कार्यशैलीका कारण आम जनतामा आक्रोश बढ्न थालेको देखिएको छ । अपेक्षाकृत विकास तथा सुशासन कायम हुन नसकेको भन्दै दल र नेताहरूको आलोचना बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार