कतारी राजासँग भएका ८ सम्झौता के के हुन् ?

banner

काठमाडौं, १२ वैशाख । नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिचको भेटवार्तापछि विभिन्न आठ विषयमा सम्झौता भएको हो ।

यस्तै छ वटा विषयमा सझादारी पनि भएको भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ । ८ मध्ये २ वटा सम्झौतापत्रमा निजी क्षेत्रबाट हस्ताक्षर भएको छ ।

यी हुन आठ वटा सम्झौता
– कला र संस्कृति
– शिक्षा
– कूटनीतिक तालिम
– युवा खेलकुद
– न्युज एजेन्सी
दुई वटा निजी क्षेत्रमा भएको त्यसमा नेपालको तर्फबाट एफएनसीसीआई र कतारका चेम्बर अफ कमर्स बिचमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार