महोत्तरीको मटिहानी–६ लब्का टोलमा भिषण आगलागी, दुईसय बढी घर खरानी

banner

महोत्तरी, १२ वैशाख । मटिहानी–६ स्थित जरलहवावा गाडी, लब्का टोलमा भिषण आगलागी भएको छ । आगलागीको क्रममा संयौ घर जलेर नष्ट भएका छन भने करौडौ रुपैयाको क्षति भएको पारम्भिक अनुमान गरिएको छ ।

झन्डै २ वजेवाट सुरु भएको आगलागी साँझ ७ वजेपछि नियन्त्रणमा आएको स्थानीय कमलेश मण्डलले बताएका छन् । नगरप्रमुख मण्डलले आफ्नो फेसवुकवाट आगलागी भएको जानकारी दिदै सवैलाई सहयोगको लागि अपिल गरेका थिए ।

आगो नियन्त्रणका लागि मटिहानी वरपरका वारुणयन्त्र ६ वटा तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी गरी तीन सय सुरक्षाकर्मी परिचालित भएको मण्डलले बताए । प्रहरीको प्रारम्भिक अनुमानमा सय घर भनिए पनि करिव दुईसय परिवारको बिल्लीबाठ भएको नगर प्रमुख मण्डलले बताएका छन् । लक्ष्मीनारायण मन्दिरको नाममा रहेको सो गुठी जमिनमा बसोबास गर्ने अधिकांश सुकुम्वासी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार