सुहाङको जवाफले ओली दंग, यस्तो थियो जवाफ

banner

इलाम, १२ बैशाख । यही बैशाख १५ गते हुन गइरहेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई अध्यक्ष केपी ओलीले सुटुक्क कानमा एउटा प्रश्न सोधेका छन् । सुहाङको आत्मबिश्वास जाँच्दै अध्यक्ष ओलीले आज आमसभाको क्रममा मञ्चमा सुटुक्क एउटा प्रश्न सोधेका हुन् ।

अध्यक्ष ओलीले युवा उम्मेदवार सुहाङलाई सुटुक्क सोधेको प्रश्न आफैले खुलासा गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली चुनावी प्रचार प्रशारको अन्तिम दिन आज इलाम २ अन्तर्गत चुलाचुलीमा आयोजित आमसभालाई सम्बोधन गर्न इलाम आएका हुन् ।

मौन अवधी सुरु हुनुअघि आज एमालेले सुहाङको जीतको सुनिश्चित गर्न चुलाचुलीमा आमसभाको आयोजना गरेको हो । आमसभामा सम्बोधन अघि ओलीले सुहाङलाई निर्वाचनमा जित्ने बिषयमा सुटुक्क प्रश्न सोधेका हुन् ।

‘आज चुलाचुलीमा सुहाङको चुनावी कार्यक्रममा सहभागी भएको थिएँ । मैले सुहाङसँग सुटुक्क सोधें– कति भोटले जित्नुहुन्छ ? सुहाङको जवाफ थियो– त्यो त इलामेली जनतालाई सोध्नु पर्छ । जनतामाथि उहाँको विश्वास मलाई मन पर्यो,’ सुहाङलाई सोधेको प्रश्न उधृत गर्दै अध्यक्ष ओलीले आफैले भनेका छन् ।

इलाम २ मा एमाले उम्मेदवार सुहाङ जीतका लागि सवैभन्दा बलियो देखिएका छन् भने उनलाई कांग्रेसका डम्बर खडकाले पच्छ्याइरहेका छन् । अहिलेसम्मको अवस्था हेर्दा एमाले उम्मेदवार सुहाङले कांग्रेसका डम्बर भन्दा ११ प्रतिशत भन्दा बढी मत ल्याएर जित्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार