आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना

banner

काठमाडौं, १५ वैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही देशको बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ्र

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ।

आइतबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधारण बदली रही देशको बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी , गण्डकी, बागमती, मधेस र कोशी प्रदेशको तराईका केही स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार