ताइवानमा ६.१ रेक्टरको भूकम्प

अन्तराष्ट्रिय

ताइपेई, १५ वैशाख । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६।१ रिक्टर स्केल रहेको उक्त टापु देशको मौसम विभागले जनाएको छ ।

त्यहाँको प्रशासनले राजधानी ताइपेईका धेरै भवनहरू भूकम्पले हल्लाएको बताएको छ । यद्यपी क्षतिको विवरण भने प्राप्त भएको छैन । भूकम्पको केन्द्रविन्दु २४।९ किलोमिटर ९१५।५ माइल० गहिराइमा रहेको मौसम विभागले जनाएको छ ।

यस महिनाको सुरुमा, हुआलियनमा ७।२ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा १७ जनाको मृत्यु भएको थियो । त्यसयता यहाँ एक हजारभन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार