एउटै वडाले उल्टाइदियो कांग्रेसको पासा, डम्बरलाई उछिन्दै अघि बढे सुहाङ

banner

इलाम , १६ वैशाख । इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ। अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ।

नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पहिलो पटक अग्रता लिएका छन्। नेम्वाङले २५४२ मत ल्याएका छन्। यसअघिसम्म नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए।

अहिले एमाले उम्मेदवार नेम्वाङलाई कांग्रेस उम्मेदवार खड्काले पछ्याइरहेका छन्। खड्काले २१९७ मत ल्याएका छन्। यहाँ एमालेका नेम्वाङ कांग्रेसका खड्काभन्दा ३४५ मतान्तरले अघि छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन्।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार