टुटेश्वरमा लामाहरूको विश्राम गृह बन्दै

banner

महोत्तरी, १९ वैशाख । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका –५ टुटेश्वरमा लामाुहरूका लागि आवास गृह निर्माण हुने भएको छ । बुधबार मधेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज यादव र गृह, सूचना तथा सञ्चार राज्यमन्त्री शारदा थापाले संयुक्तरूपमा सो निर्माणधिन गृहको शिलान्यास गरेका छन् ।


प्रदेश सरकारको ३० लाख रुपैयाँ लागतमा सो गृह निर्माण हुन लागेको सो रत्न छुलिङ्ग गुम्बाका संस्थापक धनबहादुर श्याङवाले बताए । आवास गृहको अभावमा लामाहरू उत्पादन गर्न नसकिएको हाल गुम्बा संरक्षण समितिका अध्यक्ष कृष्ण घलानले जानकारी दिए । जन्मदेखि मृत्यु कर्मसम्ममा लामा चाहिन्छ । नजिक कर्मकाण्ड जान्ने लामा नहुँदा तामाङ्ग समुदायले टाढाका लामालाई बोलाउँदा खर्च बढने मात्र होइन भनेको समयमा फुर्सत पनि नहुँदा गाह्रो हुने गरेको वडाध्यक्ष कारहारमान श्याङवाले सुनाए । उनले भने ‘अब यो घर बनेपछि यही लामा उत्पादन हुन्छन् ।’


गत वर्षनै प्रदेशसभाको बजेटमा विनियोजन भएको रकमले हाल गुम्बा हाताभित्र सो भवन शिल्लान्यास गरिएको हो । धनबहादुर श्याङवा साविक माइस्थान गाविसका अध्यक्षसमेत हुन् । उनकै पालामा २०५६ साल ताका हिन्दुहरूको आराध्यदेव टुटेश्वर महादेवको मन्दिर नजिकै सो गुम्बा स्थापना गरिएको हो ।


सो शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधारमन्त्री यादवले निर्माणाधिन गुम्बा हाता भित्रको सो भवनमा अपुग रकम थपिदिने आश्वासन दिए । सम्बोधनमा क्रममा मन्त्री यादवले आफू सानै छँदा बाबुआमासंग खालिखुट्टा हिडेरै टुटेश्वर मन्दिर आएको स्मरण गर्दै सो स्थानसंग आफ्नो भावनात्मक संवन्ध रहेको बताए ।


उनले महोत्तरी जिल्लाको धार्मिक पर्यटकीय स्थानसमेत रहेको टुटेश्वरनाथको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै गुम्बादेखि टुटेश्वरनाथको मन्दीरसम्म जाने बाटोमा पर्ने खोल्सामा झोलुङ्गे पुल निर्माणका लागि वजेट छुट्ट्याउने प्रतिवद्धता जनाए । उनले भने ‘अरु यो ठाउँको विकासको लागि के कति सकिन्छ हेरौला । तर, यो झुलुङ्गे पुल भने पक्का भयो, भयो ।’


सो क्षेत्रको निर्वाचित प्रदेश सांसदसमेतरहेकी गृह, सूचना तथा सञ्चार राज्यमन्त्री शारदादेी थापाले टुटेश्वरमा खानेपानीका लागि बोरिङ्गको वजेट विनियोजन भएको जानकारी दिदैं सो बोरिङमा सबैको पहुँच हुनु पर्ने बताइन् । विगतमा गाडिएका बोरिङ व्यक्तिले आफ्नै घर, आङन हाताभित्र हुँदा अन्य छिमेकीले पहुँच नपाएको तितो यथार्थ बताइन् । उनले भनिन् ‘अब त्यस्तो नहोस् ।’ यसक्षेत्रको विकास र आवश्यकताका सम्बन्धमा आफू जानकार रहेको बताउँदै राज्यमन्त्री थापाले आफ्नो स्थानबाट सकेको गरिरहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार