एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

banner

काठमाडौं, २६ वैशाख । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् ।

नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफु एमालेमा फर्किन आतुर रहेको बताउदै अध्यक्ष केपी शर्मा ओलीले ७(८ महिना देखि कुरिरहेको बताएका हुन् ।

उनले आफुलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताउदै ओलीले नेकपा फुटेको बेला आफु कतै नलागेकोले आफुलाई घाटा लागेको समेत बताए ।

आफुलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउदै आफुले नेकपा नफुटाएको जिकिर गर्दै आफु त्यति बेला कतै नलागेको स्पष्ट गरे । नेता बामदेवले ओलीकै आगाडी भने( ुम एमाले आउने तपाईको खुट्टा तान्न आउने होइन । म तपाइँलाई अहिले भन्दा बलियो बनाउन आउने हो । २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाउ ।ु

सोहि कार्यक्रममा ओलीले बामदेवको एकताको भावना सकारात्मक रहेको बताउदै अहिले यस विषयमा आफुले चर्चा गर्न नचाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार