मधेसमा प्रदेशमा पनि सरकार परिवर्तनको चलखेल सुरु

banner

महोत्तरी,२७ वैशाख । मधेस प्रदेशमा पनि सरकार परिवर्तनको चलखेल सुरु हुन लागेको छ । वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिने बारे माओवादीमा छलफल सुरु भएकाले यो सरकार ढल्न लागेको हो । उपेन्द्र यादवले प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्न सत्तामै रहेर चलखेल गरेको पुष्टी भइसकेको आमोवादी श्रोतले जनाएको छ ।

माओवादीले समर्थन फिर्ता लिए मुख्यमन्त्री यादवको सरकार अल्पमतमा पर्ने छ । सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने कानुनी व्यवस्था छ । पार्टी विभाजनमा पनि उपेन्द्रलाई साथ दिदैं जसपा नेपालमै रहेका मुख्यमन्त्री यादवलाई मधेसमा उदाउदो शक्ति जनमतलाई लिएर नयाँ बलियो सरकार बनाउने प्रचण्डको योजना रहेको माओवादी श्रोतको दावी छ ।

मधेश प्रदेशसभा १०७ सदस्यीय रहेको जसमा सबैभन्दा धेरै नेकपा (एमाले) को सभामुखसहित २४ सांसद छन् भने नेपाली कांग्रेस २२, जसपा नेपाल १९, जनमत १३, लोसपा ९, माओवादी ९ नेकपा(एस) ७ र राप्रपा, नागरिक उन्मसक्ति तथा संघीय समाजवादीका १–१ सांसद छन् । सरकार बनाउन आवश्यक बहुमत ५४ रहेको मधेस प्रदेशमा वैकल्पिक सरकारका लागि जनमतलाई लिने तयारी गरेको बुझिएको छ ।

जसपा नेपालबाट अशोक राई नेतृत्वको जसपामा ४ सांसद उभ्भिने श्रोतले बताएको छ । यी चारले जसपा नेपाल छाडे सो दलको सांस संख्या १५ रहनेछ । जनमत पार्टीलाई लिंदा अहिलेको गठबन्धनले सहजै बहुमत हासिल गर्ने देखिएकाले माओवादीले समर्थन फिर्ताको छलफल सुरु गरेको हो । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतको दावी पहिलेदेखिकै हो । उपेन्द्रलाई आउट गरे मधेससहित संघीय सरकामा जनमत पार्टीको ‘इन्ट्री’ हुनेछ ।

एमाले सभामुखबाहेक २३, जनमत १३, माओवादी ९, नेकपा(एस) ७, जसपा ४ र नागरिक उन्मुक्ति एक गर्दा ५७ को अंक पुग्छ जबकी सरकार बनाउन आवश्यक संख्या ५४ हो । यसरी सरकार बनाउँदा संघीय सरकारका साथै प्रदेशका सरकार पनि स्थिर हुने प्रचण्डको बुझाई रहेको श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार