कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त, आजै शपथ

banner

विराटनगर, २७ वैशाख । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ।

कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार (वैशाख २७) गते मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन्।

एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित कार्कीले आज बिहान दाबी पेस गर्नुभएको थियो ।

खापुङले बुधबार नयाँ सरकार गठनका लागि शुक्रबारसम्मको समय दिएर आह्वान गरेका थिए । आजै प्रदेश प्रमुखको आह्वानविरुद्ध कांग्रेसका केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार