अन्तत राजीनामा दिन वाध्य भए राष्ट्रपतिका सल्लाहकार नेपाल

banner

काठमाडौँ, ३० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन्।

सरकारले एक सय रुपैयाँको नोटमा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्शा छाप्ने निर्णय गरेपछि त्यसलाई उनले ‘अविवेकी’ निर्णय भनेर आलोचना गरेका थिए। नेपालको अभिव्यक्तिलाई लिएर विरोध भएपछि उनले राजीनामा दिएका हुन्।

उनको राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार