एमाले तनहुँमा कंडेल समूहको प्यानलै निर्वाचित, पराजित भए विष्णुक्त सिग्देल

राजनीति

तनहुँ, २ जेठ । नेकपा एमाले तनहुँको अध्यक्ष हरिराज कँडेल भारी मतान्तर निर्वाचित भएका छन् । १० औँ अधिवेशनको क्रममा भएको निर्वाचनमा विष्णुभक्त सिग्देललाई पराजित गर्दै कँडेल निर्वाचित भएका हुन् कँडेलले दुई सय ९२ मत प्राप्त गरे भने सिग्देलले दुई सय चार मत प्राप्त गरे ।

पदाधिकारी लगायत सदस्यमा अधिकांश कँडेल समूहका विजयी भएका छन् । उपाध्यक्ष राजेश्वर हड्खले विजयी भएका छन् । ढकालले दुई सय ७९ मत प्राप्त गरे भने श्रीराम कार्कीले दुई सय १४ मत प्राप्त गरे। सचिवमा प्रदीपराज अधिकारीले दुई सय ८० मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी अनिल पाण्डेले दुई सय ११ मत प्राप्त गरे ।

उपसचिवमा खुलामा खिमबहादुर कुमालले दुई सय ९६ मत प्राप्त गरी विजयी भए। प्रतिस्पर्धी आरके पोख्रेलले एक सय ८४ मत प्राप्त गरे। महिला उपसचिवमा सुनिता नेपालीले दुई सय ८३ मत प्राप्त लगरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी वसुन्धरा घर्तीले एक सय ९७ मत प्राप्त गरे। विजयी पदाधिकारी सबै कँडेल प्यानलबाट उम्मेदवार बनेका थिए । अध्यक्षमा निर्वाचित कँडेल यस अघि उपाध्यक्ष थिए ।

बुधवार सुरु भएको अधिवेशनमा अधिवेशनमा ५८५ जना प्रतिनिधि भए पनि ५६० जना मतदानमा सहभागी भएका थिए । नेताहरूले सर्वसम्मत नेतृत्व छान्ने प्रयास गरे पनि आकाङ्क्षीहरूको व्यवस्थापन गर्न नसक्दा मतदान गर्नु परेको थियो । ९९ सय सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । नेताहरूले सर्वसम्मत नेतृत्व छान्ने प्रयास गरे पनि आकाङ्क्षीहरूको व्यवस्थापन गर्न नसक्दा मतदान गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार