सिरोहियाको पक्षमा वकालत गर्न को –को वकिल झिकाइए ?

राजनीति

जनकपुर, ११ जेठ । नागरिकता किर्तेमा पक्राउ परेका कान्ति ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा बहस गर्न काठमाडौंबाट वरिष्ठ अधिवक्तासहितको कम्बो टोली जनकपुर आइपुगेको छ । उनीहरूले सिरोहिया छुटाउन आजै बहस गर्ने भएका छन् ।

धनुषा प्रहरीले भने अनुसन्धान नसकीएकाले म्याद थप्नृ सिरोहियालाई अदालत लाने तयारी गरेको छ । बुधबार अदालतमा पुर्याइएका सिरोहियालाई प्रहरील अनुसन्धान गर्न पाच् दिनको समय मागेकामा अदालतले तीन दिनको समय दिएको थियो । अनुसन्धान नसकीएकोभन्दै आज फेरि म्याद थप गरि पाउन अदालत लाने भएको हो ।

सिरोहियाका पक्षमा जनकपुरमा नेपाली कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ । स्वतन्त्र भएर जितेर कांग्रेस प्रवेश गरेका विमलेन्द्र निधि निकट जनकपुर उपमहानगरपालिकाका मेयरले अदालत अगाडि धर्ना दिइरहेका छन् ।

काठमाडौंबाट सिरोहियाको पक्षमा बहस गर्न आएका वरिष्ठ तथा चर्चित कानुन व्यवसायीमा शम्भु थापा, चुमानकिशोर लामा, विनोद शर्मा, रमण श्रेष्ठ, शेरबहादुर केसी, टीकाराम महर्जन, गोविन्द वली, रमण कर्ण, दीपेन्द्र झा, सुदिप कोइराला, किशोर पौडेल र रवि नायक छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार