सिरोहिया बारे जनपुरका युवाको सबैले बुझ्नु पर्ने यस्तो घत लाग्दो प्रतिक्रिया

banner

जनकपुर ११ वैशाख । जनकपुरका अधिंकांश युवा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जनकपुरकै वासिन्दा भएको भर्खरै मात्र थाहा भएको बताउँछन् । उनको नागरिकता प्रकरणको कुरा उठेपछि मात्र उनी जनकपुरका भएको थाहा भएको उनीहरूको कथन छ ।

सिरोहिया जनकपुरकै भए पनि जनकपुरवासीले उनी जनकपुरका भएको अनुभूति नगरेको युवाहरूको बुझाई छ । जानी खान मधेशीको भनाई उधृत गर्दै पत्रकार शैलेन्द्र क्रान्ती लेख्छन् ‘ पक्राउ परेर जनकपुर ल्याइए पछि बल्ल थाहा भयो कैलाश सिरोहियाजी हाम्रो वडाबासी छिमेक हुनुहुन्छ।’

हुन त २०७२ को ६ महिने लामो मधेश आन्दोलनमा पनि जनकपुरियाहरुले सिरोहियाको अपनत्व महसुस गर्न सकेनन् । जसको उदाहरण कान्तिपुर पत्रिका र टेलिभिजन च्यानल प्रशारण जनकपुरमै प्रतिबन्ध लगाइएको थियो । हिजो उनको पक्राउविरुद्धको प्रदर्शनमा पनि त्यसको खल्लोपन देखियो । मान्छे जति ठूला भएपनि जब आफ्नो धरातल बिर्सिन्छन्, उनले पनि आफ्नो समाज गुमाउनु पर्दो रहेछ । यथार्थ यही हो । मनमा लागेको कुरा लेखे । अन्यथा न लिनु होला ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार