प्रतिपक्षीको होहल्लाबिच नीति तथा कार्यक्रम पारित

राजनीति

काठमाडौँ , १३ जेठ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबारको संसद बैठकमा फरक दृश्य देखिएको छ । प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बिच सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको छ ।

गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम संसद्‌मा पेश गरेका थिए । सोही नीति तथा कार्यक्रममाथि छलफलका लागि यसअघि राखिएको छलफल कार्यक्रममा प्रतिपक्षीले सहकारी मुद्दालाई लिएर विरोध जारी राखेपछि आइतबारका लागि बैठक धकेलिएको थियो । तर यस दिन पनि प्रतिपक्षीले विरोध जारी राखेपछि सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको हो ।

भामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथिको छलफलका लागि १ घण्टाको समय छुट्याएका थिए । उक्त समयमा विपक्षी दलका दुई सांसद चित्रबहादुर केसी र प्रेम सुवालबाहेक सत्तापक्षका ४ जना सांसदले आफ्नो धारणा राखेर नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार