गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्न विश्वप्रकाशको चुनौती

राजनीति

काठमाडौँ, २४ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी(स्टेट प्रकरणको फाइल खोल्न चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको आरोप लगाएको बारे फाइल खोलेर कांग्रेसलाई कारवाही गर्न चेतावनी दिएका हुन् ।

उनले भने( ुसत्ता गठबन्धनको प्रमुख नेताले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा बेचेर कमिसन खायो भनेर भन्नु भएको विषयमा गृहमन्त्री ज्यू के तपाइँ फाइल खोलेर कांग्रेसलाई दण्डित गर्न तयार हुनुहुन्छ रु म जान्दछु, खोल्न होइन बोल्न पनि उहाँ सक्न्नु हुन्न । भन्न सक्ने भए शिक्षामन्त्रीज्यु उपरको शब्द फिर्ता लिनुस पुर्व प्रधानमन्त्री ज्यू भनेर दमदार ढंगले भन्न सक्नु हुन्थ्यो, नम्रता पुर्बक पनि भन्न सक्नु हुन्थ्यो ।ु

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार