मधेशमा १४ सदस्यीय मन्त्रिमण्डल गठन, कसले कुन मन्त्रालय पाए ?

banner

जनकपुर, २५ जेठ । मधेश प्रदेशमा सत्ता गठबन्धनको मन्त्रिमण्डल गठन भएको छ । जनमत पार्टीका सतिश कुमार सिंह मुख्यमन्त्रीको नेतृत्वमा १४ सदस्यीय मन्त्रिपरिषद गठन भएको हो ।

मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कार्य वियसैगरी विमला अन्सारी गृह, सञ्चार तथा कानुन, उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बन्दा केशव राय, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री र रञ्जुकुमारी मण्डल बिना विभागीय राज्यमन्त्री तोकिएका छन् ।

यसअघि शुक्रबारै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले ५५ जनाको नामावली पेस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयले बुधबार विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएको थियो ।

सो समयअघि नै एमाले–माओवादी गठबन्धनले जनमत पार्टीका नेता सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखसमक्ष नामावली बुझाएको थियो । त्यसपछि प्रदेश प्रमुखले आवश्यक प्रक्रिया पुर्‍याएर सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।भाजनसहित मन्त्रिपरिषद् गठन गरेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार सिंह नेतृत्वको मन्त्रिपरिषद्मा सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।

यस्तै भरत प्रसाद साह अर्थमन्त्री, गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी, युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या, बेची लुंगेली ऊर्जा, सिँचाइ तथा खानेपानी, प्रमोद कुमार जयसवाल खेलकुद तथा समाज कल्याणमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार