मधेश प्रदेश : पद वहालीसंगै मन्त्री सरोजको समृद्ध मधेशको संकल्प

banner

जनकपुर, २६ जेठ । मधेश प्रदेशका भोतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले नेकपा(एमाले)को नीतिअनुसार समृद्ध मधेशको संकल्प गरेका छन् । पद वहालीसंगै उनले मधेश प्रदेशका हरेक निर्वाचन क्षेत्रमा एक ÷एक ओटा पक्की पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

मधेश प्रदेशमा खोलानालामा पुल नहुँदा स्थानीय उत्पादनलाई वजारसम्म पुर्याउनसमेत समस्या भोग्नु परेको छ । खोलामा पुल नहुँदा वर्षामा आज हिडेको बाटो भोली हुँदैन, त्यसैले यो समस्या आफ्नो प्राथमिकतामा परेको उनले बताए ।

‘यस पटक मधेश सरकारले मधेशी जनताको समृद्धीका लागि काम गर्यो भन्ने देखाउन चाहन्छौ’ उनले भने ‘जनताले अनुभूति हुने गरी काम गर्छौ ।’ भौतिक पूर्वाधार मन्त्रालयले बाटोघोटो, पुल,भवन बनाउने भएकोभन्दै उनले भने ‘यस पटक खुद्रे योजना हुँदैनन् । मधेशको समृद्धीमा सभाउने खालका थोरै तर ठूला योजना ल्याइनेछ ।’ मधेश गौरवका योजना छनौट गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार