भौतिक पूर्वाधार मन्त्री निवासमा चारसय बढीको धुइरो

banner

जनकपुर, २७ जेठ । मधेश प्रदेशका नव नियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवको निवासमा शनिबार चारसय बढीको धुईरो लागेको छ । नयाँ तेश्रो पटक सोही मन्त्रालयमा त्यतिको भीड उनलाई शुभकामना दिन आउनेको स्वतःस्फुर्त लागेको भने होइन ।

मन्त्री यादवले नियुक्त भएकै भोलीपल्ट शनिबार निवासमा ‘सत्यनारायण’ को पूजा लगाएका थिए । सोही पूजाको प्रसाद ग्रहणका लागि उनले महोत्तरी जिल्लाका नेकपा(एमाले)का नेता, कार्यकर्ता, सांसद तथा उनका शुभचिन्तकलाई निम्ता गरिएको हो । प्रसाद ग्रहण गर्न आउने मध्यै धेरैजसोले माला, खाँदा, गम्छा, मिठाई लिएर आएका थिए ।

प्रसाद ग्रहणका नाममा बोलाइए पनि निवासमा खानाको व्यवस्थासमेत गरिएको थियो । चारसय बढीले खाना खाएको मन्त्रीका सहयोगी मदन साहले बताए । नारायण पूजासमेत भएकाले खाना भने साकाहारी नै भएको एमाले नेता जितेन्द्र पासवानले बताए । मन्त्री यादव नेकपा(एमाले) केन्द्रीय सदस्य तथा मधेश प्रदेशका संसदीय दलका नेतासमेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार