संघीय बजेटमा कस्को पहल, गिरिराज की लक्ष्मी महतो ? यस्तो छ वास्तविकता

banner

बर्दिवास २८ जेठ । संघीय सरकारबाट महोत्तरी क्षेत्रनं. १ मा विभिन्न शिर्षकमा परेको बजेट यस क्षेत्रका सांसद लक्ष्मी महतोको पहल र उनको कोटाबाट भएको पाइएको छ । बर्दिवासमा पूर्व सांसद गिरिराजमणिका केही कार्यकताले उनको पहलमा वजेट परेको कुरा सामाजिक सञ्जालमा हल्ला चलाईरहेका बेला लक्ष्मी महतोले यस्तो प्रष्ट पारेका हुन् ।

अहिले सर्वोच्च अदालतको अन्तरिम आदेशले ‘संसदीय विकास कोष’ को शिर्षकमा सिधै वजेट विनियोजन गर्न रोक लगाएको छ । तर, सरकारले चोर बाटोबाट यस्ता रमक विनियोजन गर्ने गरेको संसदीय मामलाका जानकारहरू बताउँछन् । सिधै संसदको नाम तोकेर उनले सिफारिस गरेका योजनामा वजेट खर्च हुने गरी रकम छुट्ट्याउँन अदालतको आदेशले बन्देज लगाएकाले अब यस्तो बाटो अपनाइएको हो ।

जनताले संसदसंग विकास खोज्ने, स्थानीय आवश्यकता सुनाउने तर, अदालतको आदेशले संसदसंग विकास वजेट नहुने भएकाले सरकारले यस्तो बाटो अपनाएको हो । अब मन्त्रालयले सांसदहरूसंग योजना माग्ने गरेको छ र ती योजना सिधै तोकेर विनियोजन गर्ने गरेको छ । तर, यस्तो वजेट पहिलेकै संसदीय विकास कोषबाट पाउने रकम बराबर हुने गरेको छ । कुनै संसदले जतिसुकै योजना सिफारिस वा माग गरे पनि उसले कोटाअनुसार नै पाउने गरेका जानकारहरू बताउँछन् ।

अहिले महोत्तरी निर्वाचन क्षेत्रनं. १ मा परेका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत विनियोजित रकम सांसद लक्ष्मी महतोको कोटाबाटै कट्टी हुने गरी, अर्थात अर्को शब्दमा भन्दा संसदीय विकास कोष बाट कट्टी हुने रकम भएको लक्ष्मी महतोले बताए । उनले भने ‘हुनत विकास जसले गरे पनि हुन्छ । यही ठाउँको विकास हुने हो । तर यहाँ काम गर्ने एउटा जसलिने अर्को भयो, यसलाई हामीले भन्दा मिडियाले प्रष्ट पार्नु पर्छ ।’

लक्ष्मी महतोले सकेसम्म आफै मन्त्रालय, मन्त्रालय पुगेर योजना पेश गर्ने र ती पेश भएका योजनाहरूको मन्त्री रघुवीर महासेठमार्फत दबाब दिने गरेको जानकारहरू बताउँछन् । उनी भन्छन् ‘सरकारी वजेट नभए पनि मैले आफ्नै घरबाट सार्वजनिक हितका कार्यमा खर्च गर्दै आएको छु । विद्यालय, मन्दिर, धर्मशाला, सामूदायीक भवन, चौतार बनाउन इट्टा र सिमेन्ट सांसद नहुँदा पनि दिने गरेको थिएँ ।’

‘बर्दिवासको मोक्षधाम बनाउन २० हजार इट्टा, पर्साईधापमा मन्दिर बनाउन १० हजार इट्टा, खयरमारा, बयलवास टोलस्थित स्कूलको तलाथप्न १५ हजार इट्टा १० बोरा सिमेन्ट यस्ता कयौं उदाहरण दिदैं उनले भने ‘सरकारी वजेट भए पो हिसाव राख्नु ?’ सरकारी वजेट आफ्नो ल्याकतले भ्याएसम्म गरेको फेहरिस्त सुनाउँदै आफूलेजस्तै घरघरानाबाट सार्वजनिक हितमा खर्च गरेर पतिस्पर्धा गर्न उनले चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार