काठमाडौं, ७ भदौ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई खेदेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओली, उनको पार्टी नेकपा एमाले र समर्थकविरुद्ध गाली गलौज गरेको आरोपमा कराते प्रशिक्षक राजन लामा पक्राउ परेका छन्।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराध गरेको आरोपमा अभियोग पत्र दायर भएको छ। धादिङको गजुरी गाउँपालिकामा करार खेलकुद प्रशिक्षकका रुपमा कार्यरत लामा माओवादीनिकट वाइसीएलका जिल्ला सचिव पनि हुन्।
प्रहरीले लामालाई साउन २७ गते पक्राउ गरेको थियो।