राजनीति गर्नेको बिपीकोजस्तो इच्छाशक्ति र आत्मविश्वास हुनुपर्छ ः मेयर क्षेत्री

banner

बर्दिवास, २५ भदौ । बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले नेपाली कांग्रेसका हरेक नेता कार्यकर्तामा बिपी कोइरालाजस्तो दरिलो आत्मविश्वास र इच्छाशक्ति हुने पर्ने बताएका छन् । नेपाली कांग्रेस बर्दिवास नगर समितिले बिपी कोइरालाको १११ औ जन्म जयन्तीका अवसरमा आयोजना गरेको विचारगोष्ठीमा यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले बिपी कोईरालाको बिषयमा चर्चा गर्दै बिपीले लीएको राष्ट्रिय मेलमिलापको नितीलाई आज पनि सान्दर्भिक रहेको बताउँदै उनको विचारलाई नेपाली कांग्रेसले यथोचित प्रचार–प्रसार गर्न नसकेको औंल्याए । बिपीले देखाउनु भएको मार्गचित्रमा पार्टीलाई डो¥याए मात्र समाजवादको परिकल्पना साकार हुने मेयर क्षेत्रीले धारणा व्यक्त गरे ।

नयाँ पुस्तामा नेपाली राजनीति र साहित्यमा बिपीको योगदानका इतिहास पुग्न नसकेको बताउँदैं यसका लागि पार्टीले विशेष योजना बनाउनु पर्ने उनको कथन थियो । बिपी स्वदेशमा मात्र होइन विदेशमा पनि उत्तिकै लोकप्रिय नेता भएको जानकारी दिंदै मेयर क्षेत्रीले आजका नेपाली कांग्रेसका माथिदेखि तलसम्मका नेता कार्यकर्तामा बिपीकोजस्तै निष्ठा र आदर्श भए पार्टी कहिल्यै दाश्रो नहुने बताए ।

सोही क्रममा मेयर क्षेत्रीले बर्दिवास नगरको विकास तिब्रताकासाथ अघि बढेको बताए । उनले नगरपालिकाका कसैले आर्थिक अनियमितता गरे तत्काल आफूलाई जानकारी दिन आह्वान गर्दै भने ‘मैले एक रुपैयाँ अनियमितता गरेको छैन । नगरपालिकाको कसैले गरेको भए ततकाल मलाई जानकारी दिनुस् ।’ आफू भ्रष्ट्राचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिवद्धता दोहो¥याउँदै उनले भने ‘भ्रष्ट्रचार सहनु पनि अपराध हो ।’ सो विचार गोष्ठीमा नेपाली कांग्रेस आवद्ध विभिन्न भातृ संघसंस्था तथा शुभेच्छुकको बाक्लो उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार