सामाजिक सञ्जाल विधेयकले रास्वपाकै माग सम्बोधन गरेको छ

banner

“संसदमा दर्ता गरिएको सामाजिक सञ्जाल विधेयकले हिजो रास्वपाले उठाएका मागको नै सम्बोधन गरेको छ । प्रचण्ड सरकारले टिकटक बन्द गर्दा हामीले टिकटक बन्दको विरोध गर्दै भनेका थियौँ ( सामाजिक सञ्जालहरू विधिवत रूपमा दर्ता गर्ने, सञ्जालको दुरूपयोग गर्ने विरूद्ध कडाभन्दा कडा कानुनी कारबाही गरेर यसको सदुपयोग अभिप्रेरित गर्ने । अहिलेको संसदमा दर्ता भएको विधेयकले हामीले हिजो उठाएको मागको नै सम्बोधन गरेको छ तर विरोध गर्नेु नै धर्म मानिरहेका साथीहरूले हिजोको आफ्नै मूल्य मान्यतालाई कुल्चिएर विज्ञप्ति जारी गरेका छन् ।

सामाजिक सञ्जाल विधेयकका बारेमा समाजमा भ्रम फैलाइयो ।
👉🏽 व्यक्तिको व्यक्तिगत फेसबुक, टिकटक दर्ता गर्नुपर्छ भनेर भ्रम फैलाइयो । यो भ्रम हो , यिनीहरूका कम्पनी नेपालमा दर्ता हुनपर्छ भनेको हो । उनीहरूले दर्ता नगरे फेसबुक,टिकटक लगायत नेपालमा चल्दैन कि भनेर पनि डराउन पर्दैन, यस्ता कम्पनीहरूले नेपाल सरकारलाई अघिल्लो वर्ष मात्र ४१ करोड बराबर कर तिरेका छन् । त्यसैले दर्ता हुँदैन कि भनेर डर मान्न परेन ।

👉🏽 बोल्न रोक लगाइयो भनेर भ्रम फैलाइएको छ । बोल्न रोक लगाइएको होइन, फेक एकाउन्ट बनाउन रोक लगाइएको हो । फेक एकाउन्ट बनाएर दुनियाँलाई ह्यारेस गरेर आत्महत्यासम्म पुर्याउने प्रवृत्ति बढ्दो छ । यसलाई रोक्नु राम्रो हो । फेक अकाउन्ट बनाएर अरूलाई ह्यारेस गर्नेहरू फेक अकाउन्ट बनाउनपर्छ भन्दैछन् । नत्र सही र राम्रा कुरा गर्न फेक अकाउन्ट किन बनाउनु पर्यो ?

👉🏽 विधेयकले सामाजिक सञ्जालमा मुख छाड्न, तथानाम बोल्न नियन्त्रण गरेको छ । आफ्नो व्यक्तिगत दुनियाँमा एक अर्का साथीसँग जे गरे पनि मतलव हुने कुरा भएन, तर सारा संसारले देख्ने गरी अर्कोलाई मुख छाड्दै हिँड्ने प्रवृत्ति नियन्त्रण हुनै पर्छ । थुप्रै कलाकारदेखि सामाजिक व्यक्तित्वहरू र आम जनतासम्म यसको शिकार भएका छन् । साइबर सेना बनाई मान्छेको चरित्र हत्या गर्न लागिपरेका छन् । यस्तो प्रवृत्तिलाई दण्डित गर्नै पर्छ ।

👉🏽 सामाजिक सञ्जालको सदुपयोग बढाउन र दुरूपयोग घटाउन यसले मद्दत गर्छ । कानुन नै किन चाहियो भन्दा , हलुका कानुनका आधारमा अपराधिहरू उम्कन थाले , सामाजिक सञ्जालको प्रदुषण नियन्त्रण बाहिर गयो । मानिसहरू आत्महत्या सम्म गर्न बाध्य पारिए, सामाजिक सञ्जालबाटै अरूलाई धम्की दिने काम सुरु भयो, जनताका घरबारसम्म बिग्रिए । त्यसैले राज्यले अभिभावकको भूमिका निर्वाह गर्दै यसलाई नियमनमा ल्याउनु राम्रो कुरा हो ।

मनपरितन्त्र चलाउन पाइन्न , साइबर सेना राखेर सामाजिक सञ्जाल आफ्नो नियन्त्रण गर्न पाइन्न , मेरो यति लाख फ्लोअर छन् लेख्दिम भनेर ब्लाकमेल गर्न पाइन्न भन्ने डरले विरोध गरिरहेका छन् । सचेत बन्नुहोस् , सामाजिक सञ्जालको दुरूपयोगलाई रोक्न ल्याइएको कानुनको समालोचना गर्नु होस् तर यो हौवाको पछाडि नलाग्नु होला । संसदीय प्रक्रियाबाट विधेयकमा सुधार गर्ने ठाउँ त छँदै छ तर जसरी विधेयकको विरूद्ध नै साइबर सेना खटाउन थालिएको छ, आम नागरिकलाई सचेत बन्नलाई आग्रह गर्दछु।”

बन्धु डा मुकुल ढकालको उपरोक्त तर्क बेठिक लागेन।
रचनात्मक काममा अवरोध हुने प्रावधान रहेछन् भने छलफल गरेर सच्याउन सकिन्छ। पार्लियामेन्टमा पुगेका जनताको प्रतिनिधिहरूको समाजलाई उचित दिशामा विकसित गराउने गरी विधिहरू निर्माण गर्नु पहिलो कर्तव्य हो। ((ढकालको फेसबुक वालबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार