कांग्रेस संसदीय दलको नेता भीष्मराज आङ्देम्बे

banner

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसको संसदीय दलको नेता भीष्मराज आङ्देम्बे बन्ने भएका छन् भने प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई हुने भएका छन् । कांग्रेसमा सोमबार बसेको बैठकले आङदेम्बेलाई संसदीय दलको नेता बनाउने सहमति भएको हो ।

उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेताका लागि आङ्देम्बेको नाममा सहमति जुटाएको हो । पूर्वसहमहामन्त्री अर्जननरसिंह केसीले दलको नेताको दाबी छाडेपछि आङ्देम्बेको नाममा सर्वसम्मित भएको बताइएको छ ।

केसीका साथै सांसदहरू मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिर्दोष आलाम र चन्द्रमोहन यादवलगायतले दलको नेतामा दाबी गरेका थिए ।

आङदेम्बेलाई पार्टीको पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद हुन् । आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति गगन थापाले आङदेम्बेका नाम सर्वसम्मतका लागि पेश गर्ने छन् ।

केन्द्रीय कार्यसम्पादन समितिबाट अनुमोदन भएपछि आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने दलको बैठकले नेता चयन गर्ने छ । कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दलको नेता सहमति जुटेको जानकारी दिए ।

गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा सभापति थापासहित सबै शीर्ष नेता पराजित भएपछि समानुपातिक सांसद आङ्देम्बेलाई दलको नेता बन्ने मौका मिलेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार