एमाले पार्टी कार्यालय सर्ने

banner

काठमाडौं, २४ वैशाख । नेकपा एमालेको पार्टी कार्यालय हटाउनुपर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा र त्यसमा निर्मित संरचना खाली गर्न भन्दै सूचना प्रकाशन गरेपछि ललितपुरको च्यासलस्थित उक्त कार्यालय पनि हटाउनुपर्ने भएको हो ।

एमाले सचिव पद्मा अर्यालले पार्टी कार्यालय सार्ने तयारी भइरहेको बताइन् । ‘बर्खाको समयमा हामीले दुःख भोग्दै आएका छौँ, पानीले दुःख दिन्छ, कार्यालय नै डुबाउँछ,’ भनिन्, ‘राम्रो स्थान खोजिरहेका छौँ ।”

एमालेले तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानका नाममा २०५८ चैतमा मन्त्रिपरिषद्‌बाट स्वीकृत गराएर १२ रोपनी ६ आना पाँच पैसा तीन दाम जग्गा भोगचलन गर्दै आएको छ । तर, उक्त जग्गा ‘लिज’मा परिणत गरिएको छैन ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको सो एमालेको पार्टी कार्यालय पुनः निमार्ण गरेर एमालेको बैठक बस्दै अएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार