बालेनको राजीनामा माग्दै निश्कियो मसाल जुलुस

banner

पोखरा, ३१ वैशाख । सरकारले विभिन्न स्थानका सुकुम्वासी बस्ती हटाउने प्रक्रिया अघि बढाएको विरोधमा देशभरका सुकुम्वासीहरु आन्दोलनमा उत्रिएका छन् ।

यसैक्रममा आज पोखरामा सुकुम्वासीहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । सुकुम्वासीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

सुकुम्वासीहरुले आफूहरुको उचित व्यवस्थापन नगरी बस्ती हटाउन खोजिएको आरोप लगाएका छन् । उनीहरुले वैकल्पिक आवास, जग्गा व्यवस्थापन र पुनःस्थापनाको सुनिश्चितता बिना कुनै पनि बस्ती हटाउने कार्य स्वीकार्य नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार