
बर्दिवास, ६ जेठ । नेपाली कांग्रेसले ‘जरा अभियान’ अन्तर्गत को मधेश प्रदेशस्तरीय परामर्श कार्यशाला आजदेखि बर्दिवासको गौतम होटलमा सुरु गर्दैछ । ‘उर्जा र विश्वासको नविन अभियान’ नाम दिइएको सो परामर्श कार्याशालाको उद्घाटन पार्टी सभापति गगन थापाले गर्ने छन् ।
नेपाली कांग्रेसको केन्द्रीय निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने सो परामर्श कार्यशालामा सो प्रतिष्ठानका संयोजक तथा पार्टी उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री प्रदीप पौडेलको कार्यक्रम अवधिभर कार्शशालामा सहभागिता रहने बताइएको छ । कार्यक्रमको पूर्वस्न्ध्यामा मंगलबार गरिएको पत्रकार सम्मेलनमा आयाजकले कार्यक्रमको मोडालिटीका वारे जानकारी दिएका थिए ।
बिहीबारसम्म चल्ने सो कार्यक्रममा मधेश प्रदेश अन्तर्गतका आठवटै जिल्लाका जिल्ला पार्टी अध्यक्षहरू, प्रदेश र संघका सांसदहरू, प्रदेश पार्टी पदाधिकारीहरू, प्रदेश अन्तर्गगतका पालिका अध्यक्ष तथा प्रमुख ÷ उपाध्यक्ष तथा उपप्रमुखको सहभागिता रहने बताइएको छ । कांग्रेसले ‘जरा अभियान’ अन्तर्गत समयलाई निकै महत्व दिएको जानकारी गराइएको थियो ।
जस अन्तर्गत आसन ग्रहणलगायतका औपचारिक कार्यक्रम १ मिनेट तीस सकेन्डमा सक्ने र समग्र उद्घाटन कार्यक्रमका लागि ७५ मिनेट समय छुट्याइएको आयोजकले बताए । १२.३५ मा सुरु हुने सो कार्यक्रम विशेषगरी जनताका सवाल र कार्यकर्ता जनतासंग जाडिने विषयमा केन्द्रीत हुने बताइएको छ ।
कार्यशालाको उद्घाटन नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रममा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेलसहित मधेश प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहने बताइएको छ।
