लोकप्रिय बन्दै १०० रुपैयाको ‘घ्युभात’

banner

बर्दिवास, ११ जेठ । तिब्ररूपमा सहरीकरण हुँदै गरेको मधेश प्रदेशको सेन्ट्रल प्वाइन्ट बर्दिवासमा एभरेष्ट डेरी एवं स्विट्सले सुरु गरेको १०० रुपैयामा खाना खुवाउने अभियान लोकप्रिय बन्दै गएको छ । यस वर्षअघि अर्थात जेठ ११, २०८२ मा सुरु गरिएको यो अभियानमा अहिले ग्राहकको ठूलो आकर्षण रहेको यहाँ लाग्ने भीडले देखाउँछ ।

निम्न आय भएका र साकाहारी ग्राहकलाई लक्षित गर्दै ल्याइएको यो ‘स्किम’ अहिले अन्यको पनि रोजाई बनेको छ । मधेश प्रदेशको मध्यमा पर्ने र राजमार्गको छेउ भएकाले यहाँ सधैंजसो विविध कार्यक्रम भइरहने र ती कार्यक्रमका सहभागिको खाना खाने एक मात्र गन्तब्य बनेको छ अहिले एभरेष्ट डरी एण्ड स्विट्स । सुरुवाती दिनमा २० देखि २५ जनाले यसको सेवा लिने गरेकामा अहिले दैनिक १०० जना बढी हुने गरेको यसका सञ्चालक सुरेन्द्र लामा बताउँछन् ।

सस्तोमा सफा, स्वच्छ र स्वादिष्ट भोजन मात्र होइन यहाँ आकर्षणको अर्को विशेषता भनेको मधेशको प्रचण्ड गर्मीमा एसीको चिसोमा भोजन गर्न पाउनु । सफा कुर्सी, टेवल, शान्त वातावरण, प्रचण्डगर्मीमा चिसोमा बसेर सस्तोमा स्वादिष्ट भोजन । ‘यति सस्तोमा यस्तो दाल, भात, तरकारी, अचार, सलाद र त्यसमाथि घ्यू, एसीको चिसोमा बसेर कहाँ पाइन्छ’ खाना खाँदै गरेका शिक्षक कुशल अधिकारीले भने ‘यहाँ खान आउँदा जस्तैगर्मीमा पनि निधारको पसिना थालमा खस्दैन ।’ बर्दिवासमा यस्तो खानाखाने स्थान दुर्लभ रहेको सबै स्विकार्छन ।

एभरेष्ट डेरी एण्ड स्विट्स अहिले बर्दिवासमा एउटा छुट्टै पहिचान बनाएको छ । कतै कुनै संघसस्था वा सरकारी कार्यालयको मिटिङ्ग, वैठक, तालिम होस वा सेमिनार खाजको प्याकेट एभरेष्टकै हुन्छ । अर्थात खाजाको लागि पनि यो ग्राहकको पहिलो रोजाईको स्थान बनेको छ । सबै किसिमका मिठाईका परिकार मात्र होइन यहाँ गर्मीको सिजनमा दहीलस्सी, मटकाको रसमलाई खान मात्र पनि ग्राहक आउने गरेका छन् । तपाईहरूले साकाहारी मःमःखानु भए पनि पनिर मःमः चाख्नु भएको छैन भने यहाँ आउँदा हुन्छ ।

पनिरक अन्य परिकार मात्र होइन अन्त नपाउने मिठाईका परिकार, खुवा, पेडाका लागि पनि एभरेष्ट लोकप्रिय छ । ‘ग्राहक आउने मात्र होइन एक पटक आएकालाई हरेक पटक यर्ही आउने बनाउनु मुख्य कुरा हो’ सञ्चालक सुरेन्द्र भन्छन् ‘सेवाप्रवाहमा चुस्तता, सरसफाई र गुणस्तरमा शुन्य सम्झौतानै यसको कारण हो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार