
बर्दिवास, १५ जेठ । मधेश प्रदेशमा विगतमा नीतिमा ब्यापक फेर बदल हुने भएको छ । नीति तथा कार्यक्रममा तथा योजनाहरू ब्यापकरूपमा महिला मैत्री बनाइएको छ । विगतमा स्कूले छोरीलाई मात्र लक्षित गरिएको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमलाई अब समग्र महिलालाई समेटने गरी तयार गरिएको छ ।
शुक्रबार मधेस प्रदेशसभामा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कार्यक्रमलाई परिर्माजन गरी सञ्चालन गर्ने सरकारले नीति लिएको छ ।
‘शिक्षित छोरी, सुरक्षित मधेस, उद्यमशिल नारी, समृद्ध मधेस’ नाराका साथ उक्त कार्यक्रम परिर्माजन गरी सञ्चालन गर्ने सरकारको नीति छ । हाल ‘बेटी बचाउ, बेटी बढाउ’ कार्यक्रममा अनियतमिता भएको भन्दै अख्तियारमा मुद्दा पुगेपछि दुई वर्षदेखि बन्द छ भने खरिद भएको साइकल पनि वितरण भइरहेको छैन ।


