सम्पादकीय : प्रधानमन्त्रीको माफीले मात्र पुग्दैन !

banner

प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई उपेक्षा गरेको, संविधान र संसद नियमावलीलाई नटेरेको आरोप लगाइ रहँदा आइतबार अकस्मात संसदमा उपस्थित भए । संसदमा उपस्थित मात्र होइन रोष्टममै उक्लिएर ‘लु मलाई प्रश्न गर्नोस’ भन्दा प्रधानमन्त्री नआएसम्म संसद चल्न नदिने भनेर अवरोध गर्दै आएका विपक्षी सांसदहरू प्रधानमन्त्रीको यो रूप देखेर अक्क न बक्क भएका थिए । कतिले त संसदको रोष्टम प्रधानमन्त्रीका लागि जति बेला पनि खुला हुन्छ भन्ने विर्सिएर नियमापत्तिसमेत गरेको देखियो । पहिलो पटक संसदको रोष्टममा उभिएर सांसदको प्रश्न सामना गर्न तम्सिएका प्रधानमन्त्रीले प्रश्न उत्तर दिने क्रममा बोलेका शब्द उनलाईनै भारी पर्ने देखिएको छ । उनले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अव्यिक्ति सद्दे मान्छेले दिन नसक्ने भनाई सार्वजनिक भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्टममा उभिएर सांसदहरूसंगको प्रश्नोत्तरका क्रममा लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतले मिचेको स्वीकार त गरे, तर संगै नेपालले पनि भारतको भूमि मिचेको भनेर विवास्दास्पद अभिव्यक्ति दिए । उनले अर्को पनि विषय उठाए जुन यसअघिका सरकार कसैले उठाएका थिएनन् । प्रधानमन्त्री बालेनले नेपाल र भारतको दुई पक्षिय सीमा विवादमा बेलायतलाई जोडने प्रयास भएको जानकारी गराए । नेपालीहरू भारतप्रति धेरै शंकालु पनि छन् । कसैले अलिकता भारतको पक्ष लियो भने ‘लेण्डुपे’ भन्ने चलननै छ । तर, प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई ‘लेण्डुपे’ भन्ने विशेषण पनि अपुग हुने देखिएको छ । लेण्डुप दोर्जे सिक्किमका हुन र भारतले सिक्किम विलय गराउँदाका बखत लेण्डुप सिक्किमका कार्यकारी प्रमुख थिएनन् र होइनन् । सिक्किमेली जनतालाई विजाभित गराउन उनको मुख्य भूमिका थियो भन्ने मात्र हो । सिक्किममा जनमत संग्रह गराउँदा भारतमा पक्षमा बहुमत पुर्याउन उनको मुख्य भूमिका रहेको हो । बालेन नेपालका कार्यकारी प्रमुख हुन् । एउटा देशको कार्यकारी प्रमुखले आफूले विदेशी भूमि मिचेको कुरा संसदको रोष्टममा उभिएर गर्न सक्नु चानचुने हिम्मत मानिदैन ।

यसर्थ बालेन्द्र शाहलाई नेपाली ‘लेण्डुप’ भन्दा अपुग हुन सक्छ । किनभने मुलुकको संविधान, सार्वभौमिकता, राष्ट्रिय अखण्डताको रक्षाको सपथ लिएको कार्यकारी प्रमुखले संसदको रोष्टममा उभिएर बोलेका कुरा ‘मजाक’ ‘अज्ञानता’ ‘चिप्लिएको’ भन्ने हुँदैन । तयारी नगरिएको वा ‘सिक्दै छौं’ भन्न पनि पाइन्न । नजान्ने, शब्दप्रति हेक्का नराख्ने, सिकारुलाई मुलुकको कार्यकारी वागडोर दिन सकिदैन र नेपाल जनताले दिएको दुईतिहाई बहुमतको अर्थ देश सुम्पने लाइसेन्स पनि होइन । लामो समयदेखि नेपालको भारतसंग कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमा विवाद चलिरहेको छ । भारतले अहिलेसम्म नेपालले गरेको दावीलाई अनावश्यक भन्दै आएको छ । उसले यो जमिन भारतकै अभिन्न अंग भएको दावी मात्र गरेको छ । कहिले कतै नेपालले भारतको भूमि पनि मिचेको भनेको छैन । तर, भारतले नै अहिलेसम्म नभनेको कुरा नेपालले स्वीकार गरेपछि भारत शायद छक्क परेको होला ! अब नेपालले कुन मुखले कालापानी, लिपुलेक दावी गर्ने ? पहिले तिमी आफैले स्वीकार गरेको हाम्रो मिचिएको भूमि फिर्ता गर, भन्यो भने बालेन्द्र शाहले कुन भूमि देखाउँछन् वा फिर्ता गर्छन ? यसरी नेपालको राष्ट्रियता, भौगोलिक अखण्डताको विषयमा जथाभावी बोल्नेलाई एकपटकलाई भनेर माफी दिइयो भने भोली अर्को योभन्दा ठूलो गल्ती नगर्लान भन्न सकिदैन । तसर्थ माफीले पुग्दैन राजीनामा नै अन्तिम विकल्प हो । भारतको ऋतिक रोशन भन्ने एउटा हिरोले ‘यसो भन्यो रे !’ भनेर अरेको भरमा उपद्रो मच्चाउने नेपालीहरू आफ्नै देशको प्रधानमन्त्रीले संसारले सुन्ने गरी भौगोलिक अखण्डताविरुद्ध बोल्दा चुपचाप …..हुन्छन भने त ….

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार