
बर्दिवास, २९ जेठ । बर्दिवास नगरपालिका –९ का वडाध्यक्ष घुरन महतो पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई बर्दिवास –६ का स्थानीयले विभिन्न कसुरमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
उनलाई बैकिङ कसुर, जालसाझी, अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरिएको छ । बिहीबार पक्राउ परेका उनलाई आजै म्याद चप गर्ने तयारी गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । उनले वडानं. ६ का एक व्यक्तिलाई ३० लाख रकमको चेक दिएकामा सो नसाटिएको, अर्का एक व्यक्तिको जमिन धितो राखेर एक करोड ऋण लिएकामा नतिरेकाले लिलामीको चरणमा पुगेको बताइएको छ । हिसाव माग्ने जानेलाई उल्टै गालीगलौज गरी पठाउने गरेको पीडितले बताएका छन् ।
वडाध्यक्ष महतोका कारण एक परिवारको उठिवास नै लागेको बताइन्छ । पीडक महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित वडाध्यक्ष हुन् ।
