बाबुराम भट्टराईको गठबन्धप्रति असन्तुष्टी !

राजनीति

baburam-bhattarai-width-1024

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्‍ अध्यक्ष डा बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच विभिन्‍न पालिकामा तालमेल भएको छ । तर, चुनाव नजिकिँदै जाँदा भट्टराईले संसयपूर्ण अभिव्यक्ति दिएका हुन् ।

‘सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता(कार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन् १लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं ! कुनै आकाश खस्दैन उनले ट्वीट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार