ओखलढुंगाको चम्पादेवीमा मतदान स्थगित, डोल्पा र भोजपुरको कुलुङमा पनि तनाव

banner

sthaniya-nirbachan

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित वडा नम्बर ९ को एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदानका क्रममा विवाद हुँदा मतदान स्थगित भएको हो । अहिले सर्वदलीय बैठक बसेर मतदान सुचारु गराउन पहल भइरहेको छ ।

यस्तै माथिल्लो डोल्पामा पनि तनाव भएको खबर प्राप्त भएको छ । यद्यपि त्यहाँको पछिल्लो अवस्था प्राप्त हुन नसकेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिए । फोन सम्पर्क हुन नसक्दा अध्यावधिक विवरण प्राप्त हुन नसकेको हो । यसैगरी भोजपुरको कुलुङ गाउँपालिकामा केही केही मतदान केन्द्रका पनि मतदान सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार