एलिजावेथको शासनको ७० वर्ष पूरा, चार दिने उत्सव मनाइदैं

अन्तराष्ट्रिय

british_royal_family_3cjzktbpig

एजेन्सी । बेलायतले महारानीको शासनकालको ७० वर्ष पूरा भएको अवसरमा आजबाट प्लाटिनम जुबली अन्तर्गत विभिन्न उत्सव मनाउन सुरु गरिएको छ । महारानीको शासनकाल ७० वर्ष पुगेको अवसरमा आगामी चार दिनसम्म विभिन्न कार्यक्रम गरिनेछ । बेलायती महारानी एलिजाबेथ द्वितीय बेलायतको राजगद्दीमा सबैभन्दा लामो समय शासन गर्ने राजशाही हुन् ।

एलिजाबेथले आफ्ना बुबा राजा जर्जको मृत्युपछि ६ फेब्रुअरी १९५२ मा बेलायतको शासन सम्हालेकी थिइन् । तथापि उनको राज्याभिषेक भने आजकै दिन अर्थात जुन २ मा भएको थियो । राजसिंहासन बस्दा एलिजाबेथ २५ वर्षकी थिइन् । महारानी एलिजाबेथले उनको शासनकालमा १४ बेलायती प्रधानमन्त्रीसँग काम गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार