रुसको हमलामा किभ शहर

अन्तराष्ट्रिय

download-4

एजेन्सी । युक्रेनको राजधानी किभमा आइतबार बिहानै कैयौँ विस्फोट भएका छन् । पछिल्लो थुप्रै हप्तामा पहिलो पटक किभमा यस्तो खालको हमला भएको हो ।

शहरको माथिबाट अत्यधिक कालो धुँवा देख्न सकिन्छ । उक्त क्षेत्रमा आपतकालीन सेवामार्फत् राहत तथा उद्धार कार्य भइरहेको छ । कम्तीमा एक जना घाइते भएको बताइएको छ ।

पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी सेनाले आक्रमणमा ध्यान केन्द्रित गरेपछि हालैका महिनाहरूमा किभ सहर धेरै हदसम्म शान्त भएको थियो । हाल सबैभन्दा भीषण युद्ध सेवेरोदोनेत्स्क शहरमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार