दैलेख जिससमा गठबन्धन पराजित

राजनीति

dailekh

दैलेख । जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उपसभापतिसमेत हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन् । उनलाई एमालेले सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठ नौ मत पाएकी थिइन् ।

उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एकिकृत समाजवादीकी शान्ती शाहीले १० मत पाएकी छिन् ।

अन्य सात जना सदस्यमा मिश्रिम नतिजा आएको छ । सदस्यमा कविताकुमारी गिरी ९नेकपा एकीकृत समावादी०, कोकीलाकुमारी खड्का ९नेकपा एकीकृत समावादी०, पुर्णा विक ९नेकपा एकीकृत समावादी०, तुल्छा विक ९नेकपा माओवादी केन्द्र०, अङ्गबहादुर शाही ९नेपाली कांग्रेस०, फत्तबहादुर डांगी ९नेकपा माओवादी केन्द्र० र दिलबहादुर शाही ९स्वतन्त्र० विजयी भएका छन्

दैलेखका ११ स्थानीय तहमा नेकपा एमालेले पालिका प्रमुख उपप्रमुखसहित १० पद जितेको थियो । नेपाली कांग्रेसले नौ, माओवादी केन्द्रले दुई र समाजवादीले एक पद जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार