वीरगञ्ज महानगरमा एमाले र लोसपाबीच तालमेल !

banner

clock-tower-birgunj-1024x666

६ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल हुने सम्भावना बढेको छ ।

स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो ।

६ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल हुने सम्भावना बढेको छ ।

स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो ।

महानगर कमिटीबाट एकल रुपमा सिफारिस भएका सरावगीको नाम जिल्ला कमिटीले पनि अगाडि बढाएको छ । प्रदेश कमिटीमा पुगेको उनको नाम केन्द्रमा पठाउने तयारी भइरहेको छ । बाँकी उम्मेदवारबारे भने एमालेले कुनै निर्णय गरेको छैन । ‘सम्भावित तालमेलकै लागि नै ठाउँ राखिएको हो’, नेता सिंह भन्छन् ।

जसपा (तत्कालीन संघीय समाजवादी फोरम) का उम्मेदवार बनेर ०७४ को चुनावबाट १९ हजार ३९३ मत ल्याउँदै सरावगीले मेयर जितेका थिए । गएको २८ फागुनमा पार्टी प्रवेश गरेका सरावगीलाई नै एमालेले अगाडि बढाएको छ ।

नेताहरुका अनुसार, लोसपालाई उपमेयरको उम्मेदवार दिन एमाले तयार भइसकेको छ । त्यसमा लोसपा नेतृत्व सहमत भए वीरगञ्ज महानगरमा तालमेल हुनेछ ।

तर ०७४ को मत परिणाम हेर्ने हो भने लोसपा एमाले भन्दा ठूलो दल हो । यस चुनावमा लोसपा (तत्कालीन राष्ट्रिय जनता पार्टी) ले वीरगञ्ज महानगरमा जसपा (तत्कालिन संघीय समाजवादी फोरम) पहिलो र नेपाली कांग्रेसपछि धेरै मत ल्याएको थियो ।

तत्कालिन राजपाबाट उम्मेदवार बनेका राजेशमान सिंहले १२ हजार १६५ मत ल्याएका थिए । यसपटक राजेशमान पनि लोसपामा छैनन् । उनी जनता समाजवादी पार्टी प्रवेश गरिसकेका छन् । सत्तारुढ दलहरुले तालमेलको भागवण्डा गर्दा वीरगञ्जको नेतृत्व जसपाले पाउने निर्णय गरिसकेका छन् ।

०७४ को निर्वाचनमा वीरगञ्ज महानगरमा एमालेका उम्मेदवार बसरुद्धिन अन्सारीले आठ हजार ६८८ मत ल्याएका थिए । मेयर जितेका तत्कालिन संघीय फोरमका उम्मेदवार सराबगीले १९ हजार ३९३ र कांग्रेस उम्मेदवार अजय द्विवेदीले १७ हजार १९७ र माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ८ हजार ३०५ पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार