विमला राजीनामा दिइनु कि मुख्यमन्त्रीले हटाए ?

banner

bimala_oli_samsad1624773229_ilbzmgvcrw

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् ।

अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो ।

ुउहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसकेु, बुधबार विमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए ।

तर विमलाले आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार