कमलपोखरी नमास्न मेयरलाई ज्ञापन

स्थानिय खबर

2021-01-19_kamal-pokhari-new-3

काठमाडौं । कमलपोखरीमा रातारात डोजर चलाएकामा आपत्ति जनाउँदै संरक्षणकर्मी ९अभियन्ता० हरुले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पत्र बुझाएका छन् । काठमाडौं महानगरपालिकाअगाडि एक घण्टा धर्नापछि उनीहरुले मेयरलाई पत्र बुझाएका हुन् ।

सम्पदा संरक्षण अभियान्ता गणपतिलाल श्रेष्ठका अनुसार पत्रमा पोखरीको माटो नचलाई र मिचिएको भुभागको छिनोफानो गर्न भन्दै पत्र पेस गरिएको छ । पुरातत्त्व विभागले महानगरपालिकालाई सोमबार पत्र दिएको थियो । पोखरीको ऐतिहासिक, सांस्कृतिक र वातावरणीय प्रभाव नपर्ने गरी निर्माण गर्न भनिएको थियो ।

तर एकाएक राति पोखरीमा डोजर चलाएको थाहा पाउँदा अभियन्ता राति पोखरीमै पुगका थिए । सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरका अनुसार पुरातत्त्व विभागबाट महानगरपालिकाले पत्र पाउँदा(पाउँदै रातारात पोखरीमा डोजर चलाइनु भूमाफिया शैली भएको बताए । उनले भने, ‘‘पोखरी मौलिकता महानगरले बुझ्न सकेन, रानीपोखरी कुन अवस्थाबाट कहाँ पुग्यो । यसबाट पनि महानगरले पाठ सिक्न सकेन ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार