विमानस्थल प्रमुख भन्छन्–  ‘ल्याण्डिङ क्लियरेन्स’ लिइसकेको विमान कसरी सेती खोंचमा खस्यो, अचम्मित छौं

banner

काठमाडौं । पोखरामा दुर्घटना परेको यति एयरलाइन्सको ९ एनएनएसी विमान अवतरणका क्रममा दुर्घटनामा परेको पाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानले ‘ल्याल्डिङ क्लियरेन्स’ लिइसकेको थियो । र, पाइलटले कुनै समस्या भएको जानकारी गराएका थिएनन् ।
‘पाइलटले विमानमा कुनै समस्या रहेकोबारे पोखरामा एयर ट्राफिक कन्ट्रोलरलाई केही बताएका थिएनन्,’ प्रमुख ठाकुरले भने, ‘के कारणले विमान सेती खोंचमा खस्यो भन्न सकिएन ।’

पोखराको मौसममा पनि कुनै समस्या थिएन । विमान सेती खोंचमा पुग्दासम्म टावरको सम्पर्कमै थियो । विमान सम्पर्कमा रहँदारहँदै ल्यान्डिङ एप्रोच लिने समयमा दुर्घटनामा परेको देखिएको छ ।

विमान कसरी दुर्घटनामा पर्‍यो भन्ने अनुमान गर्न सकिने अवस्था नरहेको ठाकुरले जानकारी दिए । ‘कसरी दुर्घटना भयो भन्नेमा हामी पनि अच्चम्मित छौं,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख ठाकुरले भने, ‘अब अनुसन्धानबाटै विमान दुर्घटनाको कारण खुल्ला ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार