टर्यो सुदूरपश्चिमको राजनीतिक संकट, सोडारी हुने भए मुख्यमन्त्री

banner

धनगढी, ४ वैशाख । सुदूरपश्चिम प्रदेशमा अन्ततः एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी नै मुख्यमन्त्री बन्ने भएका छन् । यससँगै केन्द्रको सत्ता गठबन्धनमा देखिएको खटपट तत्कालका लागि टरेको नेताहरु बताउँछन् ।

नेकपा एमाले र माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टी ९नाउपा० को रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाश चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि रुष्ट बनेको एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नाउपाकै रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको थियो ।

नाउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेपछि सुदूरपश्चिमको सरकार गठन अठ्यारोमा त पर्‍यो नै, केन्द्रको सत्ता गठबन्धनमा समेत संकट आउनसक्ने जोखिम बढ्यो ।

तर मंगलबार सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने गरी नयाँ सहमति जुटेको छ । सुदूरपश्चिमका कारण केन्द्रको सत्ता गठबन्धन पनि अप्ठ्यारोमा पर्नसक्ने जोखिम बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विहान एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नाउपा अध्यक्ष रञ्जितासँग छलफल गरेका थिए ।

नेताहरुका अनुसार रञ्जिताले सुरुमा त मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने अडान लिएकी थिइन् । तर पूर्वप्रधानमन्त्री खनालले सुरुमा आफ्नो दलको नेतृत्वमा सरकार बनाउने पूर्वसहमति कार्यान्वयन हुनुपर्ने अडान राखेपछि प्रधानमन्त्री अठ्यारोमा परे । उनले नाउपाकी अध्यक्ष रञ्जितासँग सहयोग मागे । अहिले एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनाउने, त्यसपछि नाउपा नेतृत्वमा सरकार बनाउने उनको प्रस्तावमा रञ्जिता सकारात्मक देखिइन् ।

१६८ ९२० अनुसार सरकार गठनका लागि आह्वान हुँदा मुख्यमन्त्रीमा दाबी गर्ने व्यक्ति सम्बन्धित दलको नेता हुनुपर्छ । सुदूरपश्चिममा नाउपाको दल नेता घनश्याम चौधरी हुन् । मुख्यमन्त्रीमा दाबी गरेका लक्ष्मणकिशोर र कैलाश दुबै संसदीय दलाक नेता होइनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार