राजनीति
काठमाडौं । स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिकामा उमेदवारको टुङ्गो लगाउन र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन नेकपा ९एमाले०, केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास, बालकोटमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । वैशाख ११ र १२ गते उमेदवार मनोनयन दर्ता कार्यतालिका छ ।
एमालेले शुक्रबार स्थानीय निकायको निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको थियो । वैशाख ३० गते देशभरका स्थानीय निकायमा एकैपटक निर्वाचन हुँदै छ ।