संसद बिघटन र पार्टी एकताको प्रश्न

बिचार

santiman-karki

santiman-karki

आज प्रतिनिधिसभा बिघटन भएको सत्र दिन भयो । नेपाल राष्ट्र नेपाली जनताले झण्डै दुई तिहाई बहुमतबाट निर्बाचित जन प्रतिनिधी संस्था ‘प्रतिनिधिसभा’ लगभग आबधिक रुपमा एक्काईस महिना अगाबै दुर्भागयपूर्ण ढंगले बिघटन हुन पुग्यो । राष्ट्रको स्थायित्व,अग्रगामी परिवर्तन र विकासको थलोबाट यो प्रतिगामी र षडयन्त्रकारीहरुको अखडा बन्ने खतरा पैदा भएको थियो । गडबडी र षडयन्त्रको यस्तो चक्रब्यूहबाट देश र जनतालाई बचाउने विकल्पमा यस्तो गैरजिम्मेवार संसदको बिघटन गरेर ताजा जनादेश लिनुनै यो सरकारको लागि एकमात्र सर्वोत्तम विकल्प रहेको थियो।

हाम्रा लोकप्रीय जननिर्वाचित प्रधानमन्त्री कमरेड खड्ग प्रसाद ओलीले २०७७ साल पुष ५ गते संसद भंग गरेर ताजा जनादेशको लागि २०७८ साल बैसाख १७ र २७ गते चुनावको घोषणा गरि दिनु भयो । यसले देशी बिदेशी षडयन्त्रकारीहरुको कित्तामा ९ रेक्टर स्केलको भूकम्पको झड्का लागेको छ। साथै प्रथम पटक दुई तिहाई जनमतद्वारा निर्वाचित गणतान्त्रिक कम्युनिष्ट सरकारलाई आफ्नै पार्टीका सार्वभौम र सम्मानित संसदमा निर्वाचित सहयात्रीहरुको असहयोग र षडयन्त्र गरिमामय संवैधानिक पदमा बसेका सभामखको समेत मिलेमतोमा बैधानिक तवरले फाल्ने र बिपक्षीसंग मिलेर सरकार बनाएर राष्ट्र र जनतालाई बरबाद पार्ने सपना तुहिएको छ ।

यसरी हाम्रो देश र जनतालाई समृद्ध र सुखि बनाउने समाजबादोन्मुख अग्रगामी शक्तिको सर्बोच्च नेतृत्वले ठूलो दुर्घटना हुनबाट बचाएको छ। जनताको बिश्वास र सहिदहरुको सपना साकार पार्ने काममा आफुलाई अब्बल सावित गरेको छ । मैले यस्तो लेखिरहदा कसैलाई ‘यसले त हदैसम्मको चाकडी गर्यो’ भन्ने लाग्न पनि सक्छ। त्यसले केहि फरक पर्दैन । तर देश र जनता एउटा डरलाग्दो अन्धकारको भूवरीमा फस्नबाट अवस्यनै जोगिएका छन् । यसमा सबै देशभक्त ,प्रगतिशील र प्रजातन्त्रबादी शक्तिहरुले खुसी मान्नै पर्छ ।

तर दुखका साथ भन्नै पर्छ ‘आफुलाई बिधि ,पद्धति र गणतान्त्रिक परिबर्तनको संबाहक हौ’ भन्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै शिर्ष नेताहरुले यो निर्णयलाई सहजरूपमा पचाउन सक्नु भएन । वहाहरूले संसदीय मर्यादा, पार्टी संचालनको बिधि, पद्धति र अनुशासनको खिल्ली उडाउदै हठात पार्टीको बिभाजन र सडक संघर्षको घोषणा गर्नुभयो । यसले नेकपाका लाखौलाख कार्यकर्ता र करोडौ नेपाली जनतालाई दुखित रआक्रोसित बनाउने काम भयो ।

आज नेकपाका कार्यकर्ता र यस पार्टीलाई दुई तिहाई मत दिएर जिताउने जनताहरुले प्रश्न गरिरहेका छन्, संसद बिघटन हुदैमा ब्यक्तिगत पद र प्रतिष्ठाकै लागि किन पार्टी बिभाजन गर्यौ ? भनेर फुटबादीहरू तर्फ चोर औलो ठड्याईरहेका छन् । बास्तवमा तिन बर्ष पहिले एकतावद्ध बनेर सानदार जित हॉंसिल गरेको पार्टीको एकताले पूर्णता नपाउदै फुट ब्यहोर्नु परेको छ। यस्तो फुटपरस्त कार्य गर्नेहरुले देशलाई असम्बैधानिक र अराजक दिशा तर्फ धकेल्ने काम गरिरहेका छन् ।

अब सरकारले घोषणा गरेको ताजा निर्वाचनले मात्रै सम्बैधानिक र शान्तिपूर्ण निकाशको ग्यारेण्टी गर्न सक्छ । सडकमा मान्छे उफारेर पार्टी र देश भित्र उत्पन्न राजनीतिक संकटको समाधान गर्ने यो सहि तरिका अवस्य नै होईन । सार्बभौमसत्ता सम्पन्न जनताको माझमा जाने निर्णयका बिरोधीहरू कुनै पनि मानेमा प्रगतिशिल र लोकतान्त्रिक शक्ति हुन सक्दैनन् ।

यसको लागि त कमसेकम संसदीय लोकतान्त्रिक मूल्य मान्यता आचारण र संस्कारको पालन गर्ने हुनु पर्छ । संसदीय ब्यबस्थामा जनताको अभिमत पाएको बैकल्पिक सरकार मानिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भन्दा तल गिरेर आफ्नै पार्टीको सरकार गिराउन षडयन्त्र गर्ने नेकपाका शिर्षस्थ नेताहरुको हबिगत देख्दा सबैले कुरीकुरी भन्ने अबस्था आएकोछ ।

आफ्नो पार्टीको समस्या हल गर्न नचाहने र देशको आन्तरिक मामिलामा बाह्य शक्तिलाई गुहार्ने नेताहरुको दिनहीन सत्तामोह देश र जनताका बिरुद्धमा हुदै आएको आजसम्मको सबैभन्दा घातक र असंबैधानिक प्रबृति हो । जसले संसद बिघटनको बिरोध गर्ने नाममा पार्टी बिभाजन गरेका छन तिनैले राष्ट्रमा आजको असाधरण संबैधानिक संकट निम्त्याएका हुन । यस्तो जटिल राष्ट्रीय संकटको समाधान गुट उपगुट र सत्तास्वार्थको क्षुद्र झुण्डहरूको अखाडा बनेको प्रतिनिधिसभाले नेपाल राष्ट्र र नेपाली जनताको सार्बभौम सत्ताको रक्षा र सम्मान उच्च पार्ने हैसियत गुमाएकोले यसको बिघटन गर्ने काम ऐतिहासिक आबस्यकता बन्न गएको थियो । यसलाई सबैले स्वागत गर्नै पर्छ । यसको बिरोधमा जानु भनेको सार्बभौम नेपाली जनताको अपमान गर्नु हो।

यस्तो संसदको बिघटन भयो भन्ने बहानामा पार्टी फुटाउने प्रबृतिको नेतृत्वले देश, जनता र संबिधानको रक्षा गर्छु ,भनेर सडकजात्रा देखाउदा जनताले कसरी पत्याउने ? साठी बर्षदेखि फुटेको कम्युनिष्ट पार्टीको मुख्य दुईधार माझ भएको एकतापछि प्राप्त अपार सफलताको रक्षा गरेर देश र जनताको पक्षमा काम गर्नुको सट्टा ब्यक्तिगत स्वार्थ पुरा गर्न पाईएन भनेर देश र जनताको पक्षमा काम गरिरहेको क.ओली नेतृत्वको सरकार ढाल्ने षडयन्त्र बिफल मात्रै भएन किन्तु दशकौदेखि कम्युनिष्ट पार्टीको शिर्ष नेताकोरूपमा भिरेको मुखुण्डो पनि जनता सामु छरपस्ट र धुजाधुजा भएको छ।

संसदीय लोकतन्त्रको अबधारणा बोकेको हाम्रो देशको संघीय लोकतान्त्रिक गणतन्त्रको संबिधानले हरेक पॉंच बर्षमा ताजा जनादेश लिनै पर्ने संबैधानिक प्राबधान अनुरुप चुनाव जित्ने र हार्ने कुरा संसदीय ब्यबस्थाको सर्वमान्य प्रचलन हो । देश र जनताको सार्वभौमसत्ता र संप्रभूताको रक्षा र प्रयोग गर्न पाउने जनादेश पाएको आफ्नै पार्टीको प्रधानमंत्रीले घोषणा गरेको चुनाव बिथोल्छु र गुटउपगुटको झुण्ड बनेको बिघटित खिचडी संसद ब्युताएर ‘सत्ताको ताउलोमा मिठो जाउलो’ पकाएर ख्वाउछु भन्ने सपना बाडेर देश जनता र पार्टीलाई घनघोर अन्धकार तिर धकेल्ने प्रयासलाई नेकपाको पाको नेतृत्वमा सचेत ,एकतावद्ध र अनुशासित नेता,कार्यकर्ता र जनताले परास्त गर्ने छन् ।

पार्टीलाई यो अप्रत्यासित फुटबाट हुने क्षतिबाट जोगाउदै फेरि भारी बहुमतले निर्बाचित कम्युनिष्ट पार्टीको सरकार बनाउने अभियानमा आजैदेखि सकृयतापूर्वक जनतामाझ पुग्न पर्दछ । यहिमात्रै हाम्रो विजयको आधार हो ,जनतामाझ जॉंउ जनतालाई जगॉंउ, फेरि एक पटक क.केपी ओलीकै नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बनॉंऔ । यो अभियान सानदार ढंगले सुरुवात भईनै सकेको छ। (शान्तिमान कार्कीको फेसबुक वालबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार