मधेश प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने, मुख्यमन्त्री सरोज यादव पक्का

banner

बर्दिवास, ३० वैशाख । मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ । यद्यपी औपचारिक निर्णय भने भइसकेको छैन । त्यसो भएमा मधेश प्रदेश एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनेछन् ।

सरकारको नेतृत्व एमालेले गर्ने विषयमा सहमति जुटे पनि औपचारिक निर्णय भने भोली (सोमबार) मात्र हुने एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्रीका दावेदार सरोजकुमार यादवले बताए । १०७ सांसद संख्या रहेको सधेश प्रदेशमा एमालेको सभामुखसहित २५ सांसद रहेकाले सबैभन्दा ठूलो दल हो । दोश्रोमा नेपाली कांग्रेसको सांसद संख्या २२ छ । तेश्रोमा जसपा नेपाल सिंगो रहँदा १९ सांसद छन् भने अहिले अशोक राई नेतृत्वको जसपामा कति संख्या हुन्छन् खुलेको छैन । चौथोमा जनमत पार्टीको १३ सांसद छन् भने माओवादीको ९, लोसपा ८, नेकपा(एस) ७, राप्रपा, नाउपा र संघीय समाजवादीका १÷१ सांसद छन् ।

हाललाई एमालेको नेतृत्वमा सरकार बनाउन लोसपा, जनमत, माओवादी सहमत भएका हुन् । यी चार पार्टीको सांसद संख्या जोड्दा सभामुखबाहेक नै ५४ सांसद पुग्छ, यो सरकार बनाउनका लागि प्रयाप्त संख्या हो । यसमा अशोक राई नेतृत्वको जसपामा ९ देखि ११ सांसद जाने चर्चा छ भने नेकपा(एस)ले निर्णय गरेको छैन । यी सबैजोड्दा अघिल्लो सरकारभन्दा यो सरकार बलियो र प्रचण्ड बहुमतको हुने आंकलन गरिएको छ । यद्यपी शक्ति बाँडफाँडमा भने केही सकस हुने देखिन्छ ।

सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल शुरु भएको छ । एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठुलो दल हो । नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच छलफल शुरु भएको छ ।

१०७ सदस्यीय मधेश प्रदेशमा एमालेको २५, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९(९ सिट रहेको छ । चार दलको कुल ५६ सिट रहेपछि सभामुख बाहेक ५५ मत हुने हुनाले बहुमत पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार