गौशाला २६ को अदालतमा ‘इमोस्नल ब्ल्याकमेलिङ’ ! क्रिकेटर लामिछानेले भोली सफाइ पाउलान त !

banner

काठमाडौं, १ जेठ । क्रिकेटर लामिछानेविरुद्धको बलात्कारको मुद्दा उच्च अदालत पाटनमा चलिरहँदा मंगलबार अचानक जिल्ला अदालत काठमाडौंकै घटना दोहोरीएको छ । मंगलबार बहस सकिएपछि पीडित भनिएकी गौशाला २६ अचानक बे१चमा उपस्थित भएर घोप्टो परेर रोनाधोना गरेकी छन् । उनलाई उनका वकिलले बहस सकिएपछि बेञ्चमा उपस्थित गराएका हुन् ।

बहस सकिएपछि दुई न्यायाधीश भित्रै थिए यत्तिकैमा गौशाला-२६ की वकिल शान्ति रिसाल आफ्नी क्लाइन्ट (गौशाला २६) लाई लिएर इजलासभित्र पसिन । भित्र पस्नासाथ गौशाला २६ न्यायाधीशद्वयको अगाडि घोप्टो परेर रुन थालिन् । न्यायाधीशद्वयले खासै प्रतिक्रिया नजनाएपछि उनी निस्किएको स्रोतले बतायो ।

उच्च अदालत पाटनमा आजै मुद्दाको छिनोफानो गर्ने तयारी भए पनि त्यो सफल भएन । अग्राधिकार पाएको हुँदा मुद्दाको पालो १ नम्बरमा नै थियो र न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले समयमै इजलास खोलेर सुनुवाइ थालेका थिए । बिहान करिब ११ बजेबाट बहस सुरु भयो ।

सुरुमा जाहेरीकर्ता गौशाला २६ को तर्फबाट दुई सरकारी वकिल रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरे । त्यसपछि सन्दीपका वकिलहरुको बहस सुरु भयो । सन्दीपको पक्षबाट बहस गर्नेमा कहलिएका वकिलहरुको सूची थियो । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, रामनारायण बिडारी, मुरारी सापकोटा, कृष्ण सापकोटा र रोशनी पौडेलले सन्दीपको तर्फबाट बहस गरे ।

त्यसपछि फेरि गौशाला २६ का निजी वकिलहरुको बहस सुरु भयो । गौशाला २६ ले आधा दर्जनभन्दा बढी जना निजी वकिल राखेकी थिइन् । उनीहरुमध्ये तीन जनाले बहस गरे । सन्दीपको तर्फबाट मुख्य वकिल सरोज घिमिरे, वरिष्ठ अधिवक्ता सविता भण्डारी र वरिष्ठ अधिवक्ता अमिता सैंजुले बहस गर्न बाँकी छ । यसैगरि, गौशाला २६ का तर्फबाट शशी अधिकारी र मोहना अन्सारी लगायत ४ जनाले बहस गर्न पाएका छैनन् ।

आज ७ बजेसम्म बहस सक्ने र ८ देखि साढे ८ सम्म फैसला गर्ने गरी अदालतले योजना बनाएको थियो । त्यही योजनाअनुसार बेलुका ५ बजेपछि पनि बहसलाई निरन्तरता दिइयो । फैसला आज गर्ने तयारी नगरिएको भए ५ बजे नै हेर्दाहेर्दैमा राखिन्थ्यो र इजलास बन्द हुन्थ्यो ।

तर, बहस १० बजेसम्म लम्बिने अवस्था देखियो । फैसला आउँदा मध्यरात हुन सक्थ्यो । अदालत बाहिर भिडभाड पनि थियो । सन्दीपका समर्थकहरु ठूलै संख्यामा जम्मा भइसकेका थिए । उनले सफाइ पाउने आशामा पञ्चेबाजासमेत तयारी अवस्थामा राखिएको थियो । तर, मध्यरातमा फैसला गर्दा गलत सन्देश जाने र जे फैसला आए पनि अवाञ्छित प्रतिक्रिया उत्पन्न हुन सक्ने भन्दै न्यायाधीशद्वयले मनस्थिति बदलेको अदालत स्रोतले बताएको छ ।

यो घटनालाई सन्दीपका वकिलहरुले असामान्यरुपमा लिएका छन् । गौशाला २६ का वकिलहरुले फैसला आफ्नो पक्षमा पार्न न्यायाधीशहरुमाथि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको उनीहरुको आरोप छ ।

एक वकिलले भने, ‘इजलासमा बहस सकिएपछि वकिलले जाहेरीकर्तालाई न्यायाधीशहरुका अगाडि उभ्याउनु र रुन लगाउनुको नियत के हो रु यसअघि पनि पटकपटक यस्ता घटना भएका छन्, जुन न्याययिक प्रक्रियालाई प्रभावित पार्ने चेष्टा हो ।’ योभन्दा अगाडि जिल्ला अदालत काठमाडौंमा पनि यस्तै दृश्य देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार