दही खाँदा बर्दिवास –६ का तीन परिवारका १२ जना विरामी

banner

बर्दिवास, २ जेठ । दही खाँदा बर्दिवास –६ किसान नगरका तीन परिवारका १२ जना विरामी परेका छन् । विरामीको अहिले जनसेवा अस्पताल बर्दिवासमा उपचार भइरहेको छ । छिमेकी बालकुमार श्रेष्ठकाअनुसार यी तीन परिवारले एउटै भाँडोको दही खाएका थिए ।

मुटु पोल्ने, पेट पोल्ने र तारन्तार पखाला लागेर लखतरान भएपछि उनीहरूलाई बर्दिवासस्थित जन सेवा अस्पतालमा उपचारार्थ भर्ना गरिएको श्रेष्ठले बताए । सोही ठाउँका भानबहादुर रानाको घरबाट दही किनेका सनमान बलम्पाकी र सनमान सुसलिङका परिवारै विरामी परेका हुन भने दही वेच्ने भानबहादुरका पतिपत्नी तथा एकजना उनकै घरमा काम गर्ने पुरुष विरामी परेका हुन् ।

भारनबहादुरले सनमान र अमृतलाई बुधबार बिहान दही बेचेका थिए । सोही भाँडोको विक्री गरेर बाँकी रहेको दही भानबहादुरका पतिपत्नीसहित काम गर्नेले पनि खाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार