बर्दिवास, ११ जेठ । आर्थिक वर्षका समाप्ति हुन लागेको बेलामा सरकारलाई नीति तथा कार्यक्रम अनि बजेट बनाउन चटारो हुनु पर्नेमा मधेश सरकार चकमन्नको स्थितिमा छ । सत्ता सहयात्री मुख्य दल नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि चकमन्नको अवस्था आएको हो ।
सरकारले सदनमा नीति ाथा कार्यक्रम पेश गर्ने बजेट प्रस्तुत गर्ने समय हो अहिले । तर मधेस सरकार चकमन्न अवस्थामा छ । अल्पमतमा परेको जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा नदिंदा नयाँ सरकार बनाउने बाटो खुलेको छैन भने उनले विश्वासको मत लिने तदारुकतासमेत नदेखाउँदा अन्योलको अवस्था उत्पन्न भएको छ ।
संविधानअुसार सत्तासहयात्री दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभए मुख्यमन्त्री स्वतः पदमुक्त हुन्छन् । अल्पमतमा परेको जान्दाजान्दै मुख्यमन्त्री यादवले न राजीनामा दिएका छन् नत विश्वासको मत लिने अग्रसरतानै देखाएको देखिन्छ । यसले उनी अन्तिम दिन जेठ १८ कुरेर बसेको भान हुन्छ ।
एमाले र माओवादीले मधेश सरकारका मुख्यमन्त्री यादवलाई दिएको समर्थन वैशाख २० गते एकसाथ फिर्ता लिएका थिए । दिनगन्त्रीअनुसार जेड १८ मा ३० दिन पुग्छ । आज जेठ ११ गते वितिसकेकाले अब ७ दिन मात्र बाँकी छ । यता सत्ता गठबन्धनका दल बहुमत जुटाएर मुख्यमन्त्रीको राजीनामाको बाटो कुरेर बसेको बताउँछन् । ‘मुख्यमन्त्रीले राजीनामा दिनासाथ प्रदेश ्रमुखबाट नयाँ सरकारका लागि आह्वान हुन्छ र हामी दावी गछौं’ माओवादी मधेस प्रदेश संसदीय दलका नेता भरत साहले बताए ।
हुन त जसपा नेपाल पनि बहुमत जुटाएर विश्वासको मत लिन प्रयासरत् रहेको बताइएको छ । उसले समर्थन प्राप्त गर्न सक्ने नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले जसपा नेपालको नेतृत्व अस्वीकार गरिरहेकाले मुख्यमन्त्री यादवले निरन्तरता पाउने स्थिति नरहेको बताइन्छ । एमाले सभामुदसहित २५, जनमत १३, माओवादी ९, नेकपा(एस) ७ र नाउपा १ गर्दा ठ्याक्कै आवश्यक बहुमत ५४ पुग्छ ।
सभमुखसहितको ५५ सांसद एकापट्टी भएपछि अर्कोपक्ष सबै मिल्दा पनि ५२ सांसद मात्र हुने भएकाले मुख्यमन्त्री सरोज कुमार यादवले व्श्विासको मत पाउने सम्भावना नरहेको एमाले मधेश प्रदेश सांसद शारदा थापा बताउँछिन् । ‘मुख्यमन्त्रीले अनावश्यक कार्यकाल लम्ब््याउनु बाहेक केही होइन’ सांसद थापा भन्छिन् ‘विश्वासको मत नपाउने भएपछि त खुरुक्क राजीनामा दिनु नि !